१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डलाई ओलीको लिखित प्रश्न– कचपचको शृंखलामा कहिलेसम्म रहने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:५९:oo

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले अहिलेको सम्पूर्ण समस्याको जड निश्चित शीर्ष नेताहरूको अतृप्त आकांक्षाको प्रतिफलबाहेक केही नभएको दाबी गरेका छन् । सबै समस्या कृत्रिम ढंगले र बलजफ्ती खडा गरिएको ओलीको दाबी छ । 

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई पत्र नै लेखेर थुप्रै गम्भीर प्रश्नसमेत गरेका छन् । प्रचण्डसहित सचिवालयका पाँच सदस्यले बैठकको माग गर्दै लिखित पत्र बुझाएपछि जवाफमा ओलीले प्रचण्डलाई पत्र लेखेका हुन् । 

कचपचको शृंखलामा कहिलेसम्म रहने ?, तमासाबाट अझै आजित हुनुभएको छैन ? सरकार लोकप्रिय हुँदा नै पार्टी बलियो हुने होइन र ? नेकपा एउटै पार्टीभन्दा संयुक्त मोर्चाजस्तो किन छ ? सरकार संयुक्त सरकारजस्तो किन छ ? राजनीतिक नियुक्ति राम्रालाई गर्ने कि हाम्रालाई ? जस्ता प्रश्न ओलीले गरेका छन् । 

चार महिनापछि हुने महाधिवेशनबाट हुने नेतृत्व हस्तान्तरण र चयन तथा दुई वर्षपछि हुने आमनिर्वाचनप्रति विश्वास गुमेर सधैँ सरकारका लागि दौडधुप गरेको हो भन्ने प्रश्न पनि ओलीले गरेका छन् । ओलीले नियुक्तिमा नातागोतालाई स्थान नदिएकोसमेत दाबी गरेका छन् । 

संस्थागत निर्णयबाट सबै समस्याको समाधान हुने ओलीको विश्वास छ । पार्टीविभाजन गरेर आ–आफ्नो बाटो हिँडौँ भनेर लगाइएको आरोप पूर्ण रूपमा अस्वीकार गर्ने उनले बताएका छन् । ओलीले गुटबन्दी र दाउपेच छाडेर एकजुट हुन पनि आग्रह गरेका छन् ।
 

ad
ad