मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १० शुक्रबार
  • Friday, 23 April, 2021
रासस/एएनआई
२०७७ कार्तिक २६ बुधबार १२:४४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकाले युएईलाई २३ अर्ब डलरबराबरको प्रतिरक्षा सामग्री बेच्यो 

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ कार्तिक २६ बुधबार १२:४४:००

संयुक्त राज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलरबराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीह?मा एफ– ३५ लडाकु विमान, एमक्यू–नाइन–बी मानवरहित ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरू रहेका छन् । 

डोनाल्ड ट्रम्प प्रशासनले ती सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ । 

पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकु विमान उपलब्ध गएको विदेश मन्त्री पोम्पेओले बताए । 

इजरायलसँग सामान्यीकरण गर्ने गरी युएईले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै युएईलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक विमान बिक्री गर्न लागेको हो । यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्ने गरी सम्झौताहरू भएका थिए । सुडान, बहराइन र युएईसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो ।