मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक २४ सोमबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २४ सोमबार १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको ‘नाम परिवर्तन’ गर्ने निर्णय फिर्ता लिन सरकारलाई सुशासन समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २४ सोमबार १३:२o:oo

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हटाएर नेपाल मात्रै लेख्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ।

समितिको सोमबारको बैठकले नेपालको नाम परिवर्तन गर्ने निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ। परिवर्तन गर्न आवश्यक भए संसदमा ल्याउन पनि निर्देशन दिएको छ।

औपचारिक नाम नेपाल हो, पोलिटिकल सिस्टमसँग नजोडौँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको औपचारिक नाम नेपाल भएको र यसलाई पोलिटिकल सिस्टमसँग नजोड्न आग्रह गरेका छन्। 

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले नेपालको औपचारिक नाम नेपाल नै रहेको पटक–पटक दोहोर्‍याए ।

औपचारिक नामअनुसार नै नेपाल लेख्न सबैतिर पत्राचार गरेको ज्ञवालीको भनाइ थियो