मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शेखर गुप्ता
२०७७ कार्तिक २३ आइतबार १०:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पले हारे पनि ट्रम्पवादको उदय भइसकेको छ

Read Time : > 2 मिनेट
शेखर गुप्ता
२०७७ कार्तिक २३ आइतबार १०:०४:००

यो निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै यसले लोकतन्त्रको विशेष प्रवृत्तिलाई रेखांकित गर्छ

यसपटकको अमेरिकी निर्वाचनको उपलब्धि को विजय हुन्छ भन्नेमा रहनेछैन । कति कुरा स्पष्ट छ भने निर्वाचन उसैले जित्दै छ, जसले जित्नुपर्ने थियो । तर, यसभन्दा अघि सरेर हेर्ने हो भने भविष्यमा अमेरिका र भारतसमेत संसारका अन्य लोकतान्त्रिक मुलुकको राजनीतिमा के कुराको प्रभाव पर्नेछ भने ट्रम्पले लोकप्रिय मतको ५० प्रतिशत हासिल गरिसकेका छन् । अन्ततः यो कसरी हुन पुग्यो त ? यसबाहेक पनि कैयौँ प्रश्न जिउँदै छन् । झन्डै सात करोड अमेरिकी नागरिकले त्यस्ता व्यक्तिलाई मत कसरी दिए, जसलाई परिहासको पात्र, सनकी, लोभी, कुर्सीको भोको, भ्रष्ट र यौनसँग सम्बन्धित विषयमा जोडिएको ठानिन्थ्यो । कर छली गर्ने त्यस्तो व्यक्ति, जसले आफ्नो देशलाई संसारभर कमजोर बनाइदियो र हुँदाहुँदा एकध्रुवीय विश्वको नेतृत्वमा चीनलाई छिर्न दियो । 

आफ्नो नामलाई सार्थक बनाउने प्रत्येक थिंक ट्यांकले मूलतः हामीलाई यही भनिरहेका छन् कि बाइडेनले सजिलै निर्वाचन जित्नेछन् । उनीहरूले त के पनि अपेक्षा गरेका थिए भने ब्लु वेवले ट्रम्पको निन्दनीय राजनीतिलाई बढारेर इतिहासको नालामा पुर्‍याइदिनेछ । के कसैले सोचेका थिए कि महामारीको यस्तो वेलामा पनि उनले बोलाउँदा मानिसहरू भोट गर्न आउनेछन् र उनले यो प्रतिस्पर्धालाई यति पेचिलो बनाइदिनेछन् । उनले फ्लोरिडा, नर्थ कैरोलिना जित्नेछन् र पेन्सलभेनिया, बिस्कान्सिन, मिसिगन र नेवाडामा चर्को प्रतिस्पर्धा गर्नेछन् ।

प्रायः जसो हामीले यही प्रश्न सुनिरहेका छौँ कि हामी अमेरिकीहरूलाई आखिरकार के भएको हो ? आउने दिनमा यो निर्वाचनको परिणामभन्दा पनि यसको राजनीतिक रंग गहिरो हुनेछ । यो परिणामको कल्पना के कुराबाट गर्नुस् भने कोरोना भाइरसले संसारमाथि हमला गरेको होइन र अमेरिकामा ट्रम्प यससँग निकै सशक्त रूपमा लडेका हुन । त्यति भएपछि के उनले संसारको राजनीतिक दिशा तय गर्ने यस निर्वाचनबाट जबर्जस्त रेड वेब सिर्जना गर्नेछैनन् ? 

मोदीले जसरी ट्रम्पले एउटा दक्षिणपन्थी रुढिवादी पार्टीलाई आफ्नो मुठीमा राखेका छन् र यसको प्रदर्शन, यसको विचारधारा, यसको एजेन्डा र आफ्नो व्यक्तित्वलाई उनले बजारले मागेअनुरूप बनाइदिए ।
 

नरेन्द्र मोदी जति वेला टेक्सासमा हाउडी मोदी आयोजनमा ट्रम्पको हात समाएर मञ्चमा हर्षोल्लास मनाइरहेका थिए, त्यति वेला मोदी र उनका सल्लाहकारले यस परिदृश्यको पूर्वाभास गर्ने प्रयास गरेका थिए । त्यति वेलासम्म कसैलाई पनि वुहानमा यो भाइरसले जन्म लिइरहेको छ भन्ने हेक्का थिएन । महामारीसँग लड्ने सवालमा अमेरिका सबैभन्दा निम्नस्तरको मुलुकमा गनिन्छ । 

ट्रम्पको अमेरिकाले डेटाको मामिलामा जित्यो । भलै उनीहरूकै आफ्नो देशको स्वास्थ्य व्यवस्था सबैभन्दा आधुनिक र स्तरीय छ । तर, ट्रम्पले महामारीको चुनौतीलाई निकै सामान्य ढंगले लिए । आफ्नो प्रेस कन्फ्रेन्समा उनले यस्ता औषधिको पक्ष लिए, जसको परीक्षण नै भएको छैन । स्वाभाविक हो, भाइरसले उनलाई समायो । उनको काम–कारबाहीलाई एउटै शब्दमा भन्न सकिन्छ– लठीवज्र । फेरि पनि अमेरिकाको महानगरभन्दा टाढा–टाढा एउटा सहरदेखि अर्को सहर, एउटा गाउँदेखि अर्को गाउँसम्म, विशेष गरेर अमेरिकाको रेड क्षेत्रतिर, जसको पारा हाम्रो हिन्दीबहुल क्षेत्रसँग सुहाउँदै छ, नराम्रो गरी प्रभावित भए । 

यो निर्वाचनको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै यसले लोकतन्त्रमा बलियो हुँदै गरेको विशेष प्रवृत्तिलाई रेखांकित गर्छ । भलै हामीले त्यसलाई रुचाउँदैनौँ होला । यसको उदाहरण भारतको हिन्दूहरूमा बलियो गरी गाडिएर बसेको अल्पसंख्यक मनोग्रन्थीको रूपमा हेर्न सकिन्छ । खास गरेर महाराष्ट्र र गुजरातमा । मोदीले जसरी ट्रम्पले एउटा दक्षिणपन्थी रुढिवादी पार्टीलाई आफ्नो मुठीमा राखेका छन् र यसको प्रदर्शन, यसको विचारधारा, यसको एजेन्डा र आफ्नो व्यक्तित्वलाई उनले बजारले मागेअनुरूप बनाइदिए । 

दुवै नेताले राजनीतिक तार्किकता र कुलीनवादलाई चुनौती दिए । दुवै नेता कामदार तप्काका र तथाकथित वञ्चित वर्गलाई उनीहरूको पुरानो वामपन्थी समाजवादी किलाभन्दा बाहिर निकाल्न सफल भए । मतगणनाबीच ट्रम्पका कैयौँ बयान सतहमा आए, जसमध्ये एउटा चर्चित आह्वानमा उनले अमेरिकी श्रमजीवीलाई आह्वान गरेका छन् । यो मोदीको शैलीसँग मिल्दोजुल्दो कुरा हो, जसलाई उनले गत वर्ष मात्रै तयार पारेका थिए । त्यसैले उनले गरिबहरूलाई केही न केही गर्दै सबैभन्दा उपल्लो ठाउँमा पुगे । 

(गुप्ता द प्रिन्टका संस्थापक एडिटर–इन–चिफ हुन्)
द प्रिन्टबाट