१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. पोखरेललाई राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३१:oo

राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव डा. टीकाराम पोखरेललाई दिइएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले विज्ञप्ति निकालेर डा. पोखरेललाई प्रवक्ताको जिम्मवारी तोकिएको जनाएका छन् । 

‘सुशासन ऐन २०७४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको कामकारबाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रूपमा जानकारी दिन मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्नेछ भन्ने व्यवस्था भएबमोजिम आयोगका प्रवक्ताको जिम्मेवारी तोकिएको’ विज्ञप्तिमा उल्लेख छ ।
 
आयोग पदाधिकारीविहीन भएको अवस्थामा जिम्मेवारी बढेको पोखरेलले बताए ।