मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक १८ मंगलबार १०:५५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

भोकानांगा नानीहरू खेलिरहने ठाउँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १८ मंगलबार १०:५५:००

भोकानांगा नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ

जनगायक खुसीराम पाख्रिनको पुरानो गीत हो यो । यो गीतले नेपाली समाजको पीडालाई समातेको मात्र छैन जनताप्रति सत्ताको व्यवहारलाई उदांगो बनाइदिएको पनि छ ।

जब देशमा चैत १० गतेदेखि लकडाउन घाेषणा भयो तब बिहान काम गरेर बेलुका छाक टार्नेहरूको गाँस खाेसियाे । केही दाताहरूले ती गाँस खोसिएकाहरूका लागि काठमाडौंको खुलामञ्चमा सामूहिक निःशुल्क भोजनको व्यवस्था मिलाए । चैतको दोस्रो साताबाट सुरु भएको सामूहिक भोजनको काम राज्यसत्ताको वागडाेर सम्हालेकाहरूलाई बिस्तारै पिरलो बन्दै गयो ।

त्यसैले सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मुखै खोलेर भने– खुलामञ्चमा भोजन नगराउनू ! तर, भोको पेटले किन मान्थ्यो । मेयरको आदेशलाई उल्लंघन गर्दै मंगलबार पनि निःशुल्क भोजनको काम रोकिएन । नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीको क्यामेरामा कैद भएका खुलामञ्चको दृश्य :