१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

धोनीले आइपिएलबाट सन्न्यास नलिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:oo:oo

इन्डियन प्रिमियर लिग (आइपिएल)को चर्चा हुँदा महेन्द्रसिंह धोनी छुटाउनै नमिल्ने नाम हो । धोनी सम्भवतः आइपिएल इतिहासकै सबैभन्दा सफल कप्तान पनि हुन् । चेन्नई सुपर किंग्सका सदाबहार कप्तान धोनीको १३औँ आइपिएल सिजन राम्रो रहेन ।

आइपिएलकै साविक उपविजेतासमेत रहेको चेन्नई पुछारमा छ । चेन्नई पहिलोपटक प्ले अफ दौडबाट बाहिरिएको छ । आइपिएलको उद्घाटन खेलमा चेन्नईले साबिक विजेता मुम्बई इन्डियन्समाथि जित निकालेको थियो । त्यसपछि चेन्नईको प्रदर्शन ओरालोतर्फ लाग्यो । 

यो सिजनमा धोनीको ब्याटिङ पूरै फ्लप रह्यो । धोनीले १३ खेलमा २५ को औसतमा दुई सय रन बनाएका छन् । उनी चेन्नईका महँगा खेलाडी हुन् । टोलीको सफलता र असफलतामा कप्तानकै चर्चा हुन्छ । यसपटक चेन्नईको असफलतामा धोनीले कुशल नेतृत्व गर्न नसकेको भारतीय मिडियाले टिप्पणी गरेका छन् । चेन्नईलाई तीनपटक विजेता तथा पाँचपटक उपविजेता बनाएका धोनीको यो नै आइपिएलको अन्तिम सिजन भनी भारतीय मिडियाहरूले ठोकुवा गरेका छन् । 

सबैको अनुमानविपरीत धोनीले अर्को वर्ष पनि आफू चेन्नईकै पहेँलो जर्सीमा देखिने बताएका छन् । आइतबार किंग्स ११ पन्जाबविरुद्ध प्रतिस्पर्धा गर्नुअघि धोनीले कमेन्टरलाई आफू अर्को वर्ष पनि आइपिएलमा रहने स्पष्ट पारे । कमेन्टर ड्यानी मोरिससले ‘तपाईं यसै वर्ष आइपिएलबाट सन्न्यास लिँदै हुनुहुन्छ ?’ भनी प्रश्न राखेका थिए । धोनीले तत्कालै उत्तर फर्काए, ‘कदापि म सन्न्यास लिदिनँ, अर्को वर्ष पनि यही पहेँलो जर्सीमै देखिनेछु ।’

जारी आइपिएलमा धोनीले खेलपछि विपक्षी खेलाडीलाई अटोग्राफ र गिफ्ट दिने गरेका छन् । योसँगै सामाजिक सञ्जालमा धोनीले सन्न्यास लिने भएकाले नै अटोग्राफ र गिफ्ट बाँडेको कमेन्ट्स आइरहे । धोनीले १५ अगस्टमा इन्स्ट्राग्रामबाटै सबै किसिमको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका थिए । उनले अन्तिमपटक एकदिवसीय क्रिकेट खेल गत वर्षको विश्वकप सेमिफाइनल खेलेका थिए । 

ad
ad