१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o५:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

जुम्लामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o५:४५:oo

दुईपटक कोरोनामुक्त भएको जुम्लामा फेरि संक्रमण बढ्न थालेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढ्न थालेको चिकित्सकहरूले बताएका छन् । जुम्ला १४ असोजमा कोरोनामुक्त भएको थियो । संक्रमण देखिएका सबैजना निको भएका थिए । यसअघि १२ साउनमा पनि संक्रमणमुक्त भएको थियो । तर, त्यसपछि स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमण बढ्न थालेको छ । 

स्थानीय बासिन्दाले कोरोनालाई रुघाखोकीजस्तै सोचेर वास्ता नगरेपछि जोखिम बढेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निषेधाज्ञा लगाउँदासमेत आलोचना खेप्नुपरेको प्रजिअ थापाले बताए । 

बिहीबारसम्म जुम्लामा सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ३७ पुगेको छ । उनीहरूमध्ये दुई सय ९३ जना निको भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । अहिले सक्रिय संक्रमितमध्ये चारजना संस्थागत आइसोलेसनमा र ४० जना होम आइसोलेसनमा रहेको उनले बताए । 
लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना आएका छन् । उनीहरूसहित अहिलेसम्म १० हजार आठ सय १३ जनाको कोरोना परीक्षण गरिएको छ । 

आइसियू बेड १० मात्रै
हुम्लामा आइसियू बेड १० मात्रै रहेका छन् । ती पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छन् । प्रतिष्ठानमै अन्य आइसोलेसन बेड भने एक सय २० रहेका छन् । त्यस्तै, आठ स्थानीय तह र नेपाली सेनाको ब्यारेकमा गरी चार सय ४५ आइसोलेसन बेड रहेका छन् । थप आइसियू र भेन्टिलेटरका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको प्रजिअ थापाले बताए ।

कोभिड अस्पताल बन्यो, चिकित्सक भएन
तातोपानी गाउँपालिका–५ ऐरेनीले पाँच शड्ढयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । तर, चिकित्सक भने पाएको छैन । अहिले अस्पतालमा आइसोलेसनमा रहनेका लागि शड्ढया राखिएको र आवश्यक सुविधा थप्दै जाने योजना रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । ‘आइसियू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी छ,’ अध्यक्ष न्यौपानेले भने । 

तर, दुईपटक विज्ञापन गर्दा पनि चिकित्सक भने नपाइएको उनले बताए । ‘अहिले दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् । मेडिकल अधिकृतको विज्ञापन गरे पनि अहिलेसम्म कसैले आवेदन हालेका छैनन्,’ उनले भने । 

ad
ad