१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Monday, 07 July, 2025
गत शनिवार काबुलमा भएको बम विस्फोटमा ज्यान गुमाएका एक युवकका परिवारका सदस्य ।
एजेन्सी
२o७७ कार्तिक १२ बुधबार २o:o३:oo
Read Time : > 3 मिनेट
फिचर

बमले छियाछिया बनाउँदै अफगानी युवाको सपना

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार २o:o३:oo

– अफगानिस्तानको राजधानी काबुलमा गत शनिबार भएको शक्तिशाली आत्मघाती बम विस्फोटपछि हराएकी श्रीमती भेट्टाउन हुसैन हैदरलाई तीन घन्टा लाग्यो । तीन घन्टापछि उनले श्रीमतीलाई आफन्तको घरमा अर्धचेत अवस्थामा फेला पारे । 

– २० वर्षीय लतिफ सास्वारीले १२ कक्षा पढ्दैदेखि डाक्टर बन्ने लक्ष्य राखेका थिए । डाक्टर बन्ने सपना लिएर लतिफ तीन महिनाअघि मात्रै राजधानी काबुलमा आएका थिए । उनी एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरिरहेका थिए । परीक्षाको तयारीकै लागि उनी शनिबार गृहनगर कास्वार ई डानिसबाट काबुल आउँदै थिए । डानिसदेखि काबुलसम्मको यात्रा चार घन्टाको थियो । 

लतिफले काबुलमा कोचिङ क्लास लिने गरेको स्थानमा यसै दिन शक्तिशाली विस्फोट भयो । यो विस्फोटमा २५ जना मारिए । एकैक्षणमा सहर धुलोले ढाक्यो । विस्फोटमा को–को मारिए कसैलाई थाहा भएन । त्यस दिनदेखि लतिफ पनि बेपत्ता भए । लतिफको परिवार गान्जी प्रान्तको अति नै विकट गाउँमा बस्थ्यो । उनका बुबाले छोराको हालचाल बुझ्न धेरैसँग सम्पर्क गरे । कसैले पनि लतिफबारे भन्न सकेनन् । अन्ततः त्यही विस्फोटमा मारिएको जानकारी लतिफका बुबाले पाए । ‘हामी छोराको शव ल्याउने तयारी गरिरहेका छौँ,’ भावविह्वल हुँदै लतिफका बुबाले भने, ‘छोराको डाक्टर बन्ने र गाउँको सेवा गर्ने सबै सपना त्यही विस्फोटमा बिलायो ।’ लतिफ यो संसारमा नरहेको जानकारी आमालाई अहिलेसम्म पनि दिइएको छैन । छोरा विस्फोटमा मारिएको खबर श्रीमतीलाई कसरी दिने चिन्तामा छन्, लतिफका बुबा । उनी भन्छन्, ‘छोराको शव आँगनमा राख्दा आमालाई कसरी सम्हाल्ने भन्ने चिन्ता छ, हामीमध्ये कोही पनि त्यो क्षण सामना गर्न सक्दैनौँ ।’ 

अफगानिस्तानमा यो साता कुनै न कुनै स्थानमा बम विस्फोटका समाचार आइरह्यो । यद्यपि सरकार र विद्रोही समूहबीच शान्तिवार्ता चलिरहेको छ । 
दिनहुँ हुने गरेका आत्मघाती बम विस्फोटका कारण लतिफजस्ता युवाले कलिलै उमेरमा ज्यानमा मात्र गुमाएका छैनन्, अफगानीहरूको सपनासमेत भताभुंग भइरहेको छ । बिबिसीले एक सातामा गरेको अध्ययन यस्तो छ । 

१८ अक्टोबर, आइतबार
राजिया, उनका भाइ नायव र बहिनी मार्जिया कान सुन्दैनन् । यहीकारण उनीहरू घोर प्रान्तस्थित सांकेतिक भाषा विद्यालयमा विशेष कक्षा लिन जान्छन् । यो विद्यालयमा यस्तै प्रकृतिका धेरै व्यक्ति मात्र आउँछन् । १८ अक्टोबरका दिन राजिया कक्षा लिन त्यहाँ पुगे । विद्यालयनजिकै एउटा ट्रकमा ठूलो विस्फोट भयो । शक्तिशाली विस्फोटबाट दर्जनौँ घरका सिसा फुटे । ‘मेरो जीवनमा यत्तिको ठूलो विस्फोट भोगेको पहिलोपटक हो,’ राजियाले घटनाको विवरण सुनाए, ‘कान नसुन्ने भए पनि त्यो दिन भएको विस्फोट मैले आभास गर्न सकेँ, नाकले विस्फोटको गन्ध थाहा पाएँ र आँखाले ठूलो ज्वाला आकाशमा उडेको देखेँ ।’ यो घटनामा १६ जनाको ज्यान गयो । एक सय ५० जना गम्भीर घाइते भए । विस्फोटका कारण राजिया पढ्ने विद्यालयका केही भवन र आसपासका घर ध्वस्त भए । संयोग नै मान्नुपर्छ– राजिया पढ्ने ब्लकमा धेरै क्षति भएन । जसकारण राजिया, उनका भाइ नायव तथा बहिनी मार्जिया बाँच्न सफल भए । ‘केही क्षण त हामी म¥यौँ भन्ने लागेको थियो,’ मार्जियाले भनिन्, ‘यो दोस्रो जीवन सपनाजस्तै लागेको छ ।’ 

१९ अक्टोबर, सोमबार
घोर प्रान्तमा भएको विस्फोटपछि तालिबानहरूले सोमबार खोस्ट भन्ने स्थानमा मोटरसाइकल बम विस्फोट गराए । मोटरसाइकलमा सवार तालिबानीले एक विवाह उत्सव भइरहेको स्थानमा विस्फोट गराएका थिए । यो विस्फोटमा चारजना मारिए । १० जना घाइते भए । यही दिन उजाङ प्रान्तमा आतंककारीहरूको आक्रमणबाट दुई प्रहरीले ज्यान गुमाए । प्रहरी र आतंककारीको झडपमा चारजना घाइते भए । 

२० अक्टोबर, मंगलबार
निर्मज प्रान्तको एक सडककिनारमा आतंककारीहरूले ‘विद्युतीय धराप’ बिछ्याएका थिए । त्यो धरापमा परी पाँच सैनिक र एक प्रहरी अधिकारी मारिए । त्यस घटनामा दुईजना सामान्य घाइते भए । धरापमा परी निधन हुनेमा जिल्लाका प्रहरी प्रमुख पनि थिए । प्रहरी प्रमुखका छोरा सानै भए पनि घटनापछि उनमा बदलाको भावना उब्जिएरहेको छ । निधन भएका प्रहरी प्रमुखका छोरा बेन्यामिनले एक टिभी अन्तर्वार्तामा भनेका छन्, ‘अहिले म सानै छु, म ठूलो हुँदा तालिबानीसँग बुबाको हत्याको प्रतिशोध लिन्छु ।’ आफ्नो बुबाको निधन राष्ट्रपति अर्राफ घानीका कारण भएको उनी ठान्छन् । यसै दिन काबुलमा आतंककारीले अर्को बम विस्फोट गराएका थिए । जहाँ ११ जनाको निधन भएको थियो । 

२१ अक्टोबर, बुधबार
उत्तर–पूर्व क्षेत्रको तखर प्रान्तमा तालिबानले सुरक्षाकर्मी रहेको स्थानमा आक्रमण ग¥यो । आधा घन्टाभित्र तालिबान समूहले ३० सुरक्षाकर्मीलाई मारे । यस घटनामा प्रान्तका सैनिक कर्णेल अब्दुल्लाहले २५ वर्षीय छोरा फैदलाई गुमाए । ‘मेरो छोराको निधन भएको छैन, अझै पनि बाँचिरहेको छ,’ छोराको वियोगमा रहेका कर्णेल अब्दुल्लाहले भने, ‘हामी कसैले यो घटना बिर्सन सक्दैनौँ ।’
कर्णेलका छोरा फैद प्रहरी अधिकृत थिए । छोरा फैद आफ्नै जिद्दीमा प्रहरी अधिकृत बनेका थिए । ‘छोराले सानैदेखि प्रहरी अधिकृत हुने सपना देखेका थिए, सपना पूरा भयो, तर ड्युटीमै ज्यान गुमाए,’ अब्दुल्लाहले भने, ‘धेरै छोराहरू सहिद भए ।’

२२ अक्टोबर, बिहीबार
काबुलको उत्तर–पश्चिम क्षेत्रमा रहेको बाघिसस्थित एक राजमार्गमा बम विस्फोटमा परी दुईजना मारिए । आतंककारीले त्यो बम सैनिकलक्षित गरी राखेका थिए । तर, बममा दाजुभाइ सवार मोटरसाइकल प¥यो । सैनिकको स्थानमा सर्वसाधारण मारिएको स्थानीय एजेन्सीहरूले जनाएका छन् । मृत्यु हुनेमध्ये एक विश्वविद्यालयका विद्यार्थी हुन् । यसै दिन फार्याव जिल्लामा तालिबानको आक्रमणमा चारजनाको मृत्यु हुनुका साथै १४ जना घाइते भए । यो सडकमा दिनहुँ सैनिकको आवतजावत बाक्लो हुने गर्छ । 

२३ अक्टोबर, शुक्रबार
निर्मुज प्रान्तमा तालिबानको आक्रमणमा २० सैनिक मारिए । यस आक्रमणमा धेरै सैनिक घाइते भएका छन् । तालिबान समूहले ६ सैनिकलाई बन्दी पनि बनाएको छ ।