१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२८:oo

महोत्तरीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन । महोत्तरीको जलेश्वर नगरपालिका– ३ मलिवारास्थित सशस्त्रको चेकपोस्टले भारी परिमाणमा लागुऔषध नाइट्राभेट ट्याबलेटसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला ठूलोपात गाउँपालिका– ९ का असिम भुजेल र सिन्धुली जिल्ला कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेका छन् । दुवैजना भारतबाट झोलामा राखेर लागुऔषध नाइट्राभेट एक हजार पाँच सय पिस ल्याउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट जलेश्वरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताए ।

पक्राउ परेका दुवै आरोपीलाई लागुऔषधसहित प्रहरीलाई जिम्मा लगाइएको छ । यता ठूलै परिमाणमा लागुऔषध ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ परेकोमा सशस्त्र प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

विगतमा महोत्तरीकै सम्सी नाका लागुऔषध तस्करीको ट्रान्जित नाका रहँदै आएकोमा विगतमा अन्य नाकाहरूको प्रयोगसमेत बढेको हो ।

यता सशस्त्र प्रहरीकै मरुवाही बिओपीले यसै साता ठूलो परिमाणमा विस्फोटक पदार्थ पटाकाहरू नियन्त्रणमा लिएर नष्ट गरिसकेको छ । दीपावली र छठपर्व नजिकिनै लाग्दा महोत्तरीको विभिन्न नाका प्रयोग गरेर पटाका तस्करी र लागुऔषध तस्करीलगायतका विभिन्न तस्करी  बढ्न सक्ने भन्दै जिल्लास्थित सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका सबै युनिटलाई सतर्कता अपनाउन र सीमामा निगरानी थप कडा बनाउन निर्देशन दिइएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमामा तस्करको हर्कत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै गलत गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई थप सतर्कताका साथ ड्युटी गर्न भनिसकिएको बताए ।