१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Sunday, 06 July, 2025
२o७७ कार्तिक १२ बुधबार १o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडाध्यक्षसहित १० जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार १o:५o:oo

जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका छन् । बुधबार बिहान ३ बजेतिर जयपृथ्वी नगरपालिका– ४ गोलाईबाट वडाध्यक्षसहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ परेका वडाध्यक्ष गगनबहादुर खाती नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्ष खाती, कुम्भराज उपाध्याय, दीपकबहादुर बड, नरेन्द्रराज उपाध्याय, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशी रहेका छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।

जुवाखालबाट ७० हजार सात सय ३० रुपैयाँ  बरामद भएको र पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।