मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ११ मंगलबार १५:०८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पेसावर विस्फोटन अपडेट : विस्फाेटनका लागि पाँच किलाे विस्फाेटक पदार्थ प्रयाेग भएकाे प्रहरीकाे भनाइ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १५:०८:००

पाकिस्तानकाे पेसावरमा भएकाे शक्तिशाली बम विस्फोटनका लागि पाँच किलाे विस्फाेटक पदार्थ प्रयाेग भएकाे प्रहरीले जनाएकाे छ । 

एक धार्मिक मदरसामा गराइएकाे विस्फाेटनमा परी सातजनाको मृत्यु भएको छ  भने एक सय १२ जना घाइते भएकाे सरकारी अधिकारीहरूले जनाएका दिएका छन् ।

स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मबारे विशेष कक्षा सञ्चालन भइरहेका वेलामा विस्फोटन भएको हो । विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ । 

घटनास्थलमा शंकास्पद झोला भेटिएको र घटनाबारे पूर्ण अनुसन्धान सुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिए ।  विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । दृश्यमा घटनास्थल रगताम्य भएको पनि देखिएको समाचारमा जनाइएको छ । 

विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालका अधिकारीहरूको मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 

घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएको पाइएको छ । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ ।  घटनालगत्तै अहिले अस्पतालमा घाइतेका आफन्त र शुभेच्छुकहरूको भिड लागेको छ । उनीहरूले घाइतेहरूको अवस्थाबारे जानकारी माग्ने गरेको र भेट्न खोजेको चिकित्सकहरूले बताएका छन् । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

रासस/एपी