Skip This
भक्तपुर इन्काउन्टर : डिएसपी कुँवरसहित पाँच प्रहरीलाई कानुनी कारबाही गर्न आयोगको सिफारिस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ३० शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ३० शुक्रबार १२:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुर इन्काउन्टर : डिएसपी कुँवरसहित पाँच प्रहरीलाई कानुनी कारबाही गर्न आयोगको सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ३० शुक्रबार १२:३९:oo

दुई वर्षअघि भक्तपुरमा भएको विवादास्पद इन्काउन्टर घटनामा अनावश्यक बल प्रयोग भएको भन्दै पाँच प्रहरीलाई कानुनी कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ ।

घटनास्थलमा खटिएका डिएसपी रुगमबहादुर कुँवर, सइहरू दीपेन्द्र चन्द, प्रसन्न मल्ल र रञ्जित लामा तथा असइ राजन खड्कालाई आयोगले कारबाहीको सिफारिस गरेको हो ।

आयोगले बुधबार नै त्यससमबन्धी निर्णय गरेकोमा शुक्रबार यसबारे औपचारिक विवरण सार्वजनिक गरेको हो ।

कारबाही सिफारिस गरिएका पाँचैजना प्रहरी त्यतिवेला महानगरीय अपराध महाशाखामा कार्यरत थिए ।

पाँचमध्ये सइ मल्लले जागिर छाडिसकेका छन् भने लामा इन्सपेक्टरका रूपमा कार्यरत छन् ।

अन्य तीनजना जागिरमै छन् । पेप्सिकोलानिवासी बालक निशान खड्काको अपहरण र हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका अजय तामाङ र गोपाल तामाङको २० साउन ०७५ मा प्रहरी गोली लागेर मृत्यु भएको थियो ।

भाग्न खोज्दा उनीहरूलाई गोली हानिएको प्रहरी दाबी थियो ।

तर, छानबिनको क्रममा उनीहरूलाई डेराबाटै पक्राउ गरी जंगलमा लगेर गोली हानिएको आधार देखिएको निष्कर्ष आयोगले निकालेको छ ।

घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको ठहर गरी आयोगले उनीहरूलाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

यसअघि आयोगले विप्लव समूहका नेता कुमार पौडेलको इन्काउन्टरमा संलग्न तीन प्रहरीलाई पनि पक्राउ गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जुन सिफारिस हालसम्म कार्यान्वयन भएको छैन ।