१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साढे २९ हजार फर्मलाई कर तिर्ने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o१:oo

सरकारले साढे २९ हजार फर्म तथा कम्पनीलाई मूल्य अभिवृद्धि कर बुझाउन मौका दिएको छ । २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका फर्म तथा कम्पनीलाई आगामी फागुनसम्ममा कर विवरण र विवरणअनुसारको रकम बुझाए जरिवाना छुट दिने भएको हो ।

आन्तरिक राजस्व विभागले शुक्रबार एक सूचना जारी गर्दै मूल्य अभिवृद्धि कर विवरण नबुझाएका करदातालाई सुविधा दिने जानकारी गराएको छ । विभागका अनुसार २९ हजार ४ सय ४७ फर्म तथा कम्पनीले २०७५ असार मसान्तसम्मको कर विवरण बुझाएका छैनन् । फागुन २०७७ सम्ममा विवरण, विवरणअनुसारको कर र त्यसमा लाग्ने ब्याजको ५० प्रतिशत बुझाए जरिवाना र थप दस्तुर छुट दिइनेछ । 

‘आर्थिक ऐन २०७७ को दफा ३१ (३) मा २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो विवरणअनुसारको कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम २०७७ फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ,’ विभागको सूचनामा उल्लेख छ ।

ad
ad