१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २२ बिहीबार
  • Wednesday, 02 July, 2025
२o७७ असोज २२ बिहीबार o९:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोनाको बेवास्ता गर्दै यसरी जान्छन् भारतीय बजारमा किनमेल गर्न नेपाली (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २२ बिहीबार o९:oo:oo

कोरोना रोकथाम गर्न कानुनी रूपमा नेपाल–भारत दुवैतर्फ बोर्डर सिल भए पनि नेपालीहरू त्यसको बेवास्ता गर्दै भारतीय बजारमा किनमेल गरेर फर्कने गरेका छन् ।  

चाडपर्व सुरु भएसँगै भारतीय बजारमा किनमेल गरेर फर्कनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टिनमा राख्ने प्रशासनले चेतावनी दिए पनि बेवास्ता गर्दै हुलकाहुल नेपाली भारतीय बजारमा किनमेल गरेर फर्कने क्रम रोकिएको छैन । 

११ चैत ०७६ देखि भारतसँग जोडिएका मुख्य नाकाहरू दुवैतर्फ पूर्ण रूपमा सिल छन् । तर, खुला सिमानाको फाइदा उठाउँदै ड्युटीमा बसेका  नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई समेत अटेर गर्दै हुलकाहुल नेपाली भारतीय बजारमा किनमेल गर्न जाने गरेका हुन्। 

विराटनगरसँग सिमाना जोडिएको भारतीय जोगवनीमा दैनिक सयौँ मानिस आसपासका दशगजा क्षेत्रबाट किनमेलका लागि पुग्ने गरेका छन् । उनीहरू पश्चिमतर्फ विराटनगर जुटमिलको दक्षिण गेट र दरैया बस्ती अनि पूर्वतर्फ इस्लामपुरको खुला सिमानाबाट जोगवनी बजार जाने गरेका छन् । भारतीय बजारमा किनमेल गर्न जानेहरूले कसैले पनि मास्कसमेत लगाउँदैनन् ।