१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस उपसभापति निधिको आरोप– हुम्लामा नेपाली भूमि अतिक्रमण, सरकारी रवैया आपत्तिजनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५४:oo

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले हुम्लामा नेपाली भूमिको विषयमा छानबिन नगरी चीनको भएको सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।  हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर गरेको दाबीको बेवास्ता भएको र सरकारले आपत्तिजनक अभिव्यक्ति दिएको उनको आरोप छ । 

निधिले जनप्रतिनिधिको आवाजलाई बेवास्ता गरेर सरकारको अभिव्यक्ति एकतर्फी आएको टिप्पणी गरे । उनको भनाइ थियो, ‘छानबिन नगरीकन र स्थानीय जनप्रतिनिधिको आवाज र यथार्थ नबुझीकन सरकारले हुम्लाको जमिन चीनको हो भनेर अभिव्यक्ति दिनु आपत्तिजनक हो ।’

निधिले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा चिनियाँ शासन प्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिको पनि विरोध जनाए । मंगलबार सहिद स्मृति प्रतिष्ठानद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा निधिले चिनियाँ शासन प्रणाली अनुकरण गर्न नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना नगरेको बताए । निधिको प्रश्न थियो, ‘जननिर्वाचित संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र ?’ 

कार्यक्रममा राजनीतिक चिन्तक प्रदीप गिरि, पूर्वसभामुख दमननाथ ढुंगाना, नेता राजेन्द्र खरेल, दुर्गा सुवेदीलगायतले सहिदको सपना पूरा गर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए ।