१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असोज १३ मंगलबार २०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल रेल्वे कम्पनीले १२९ जना कर्मचारी माग्यो, ३२ हजारले दिए आवेदन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असोज १३ मंगलबार २०:३७:००

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर रेल सञ्चालनका लागि विभिन्न २९ पदमा एक सय २९ जना कर्मचारी माग गरेकोमा करिब ३२ हजारले आवेदन दिएका छन् । अन्तिम म्याद १२ असोजसम्म करिब ३२ हजारले आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘कुन पदमा कति जनाले आवेदन दिएका छन् भन्ने छुट्याउने काम भइरहेको छ । २९ पदमा एक सय २९ जना माग भएकोमा करिब ३२ हजारको हाराहारीमा आवेदन परेको छ ।’

स्टेसन मास्टर, लेखा, प्रशासन, सुरक्षागार्डलगायतका २९ वटा पदमा एक सय २९ जना  कर्मचारी माग गरिएको कम्पनीले बताएको छ । ३२ हजारमध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभवलगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने भट्टराईले बताए ।

मौखिक परीक्षापश्चात् उत्कृष्ट आवश्यक एक सय २९ जनालाई तत्काल नै नियुक्ति दिने उनले बताए । रेल आइसकेको अवस्थामा कुनै पनि हालतमा रेल सञ्चालन हुने उल्लेख गर्दै उनले भने, ‘रेल चल्दैन भनेर नसोच्नुस्, रेल कुनै पनि हालतमा सञ्चालन हुने नै हो, रेल प्रधानमन्त्रीज्यू र आमनेपालीको सपना हो, त्यसकारण रेल सञ्चालन निकट भविष्यमै हुन्छ ।’ 

कोरोना नियन्त्रण नभए नेपालभित्रै रेल चलाउँछौँ : महाप्रबन्धक भट्टराई 
कोरोना महामारीबीच नेपाल र भारतको क्रस बोर्डर भएर चल्ने जनकपुर– जयनगर रेल सञ्चालनमा ढिलाइ भए पनि रेल चाँडै नै चल्ने महाप्रबन्धक भट्टराईले बताए । उनले भने, ‘नेपालभन्दा छिमेकी देश भारतमा कोरोनाको कहर बढी छ, त्यसकारण नेपाल–भारत रेल चलाउन नसकिए पनि नेपालभित्रै भए पनि रेल चलाउँछौँ ।’