१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विगतका सम्झौताप्रति गम्भीर हुँदै डा. केसीसँग सार्थक वार्ता गर : आयोग  

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:५९:oo

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीसँग सार्थक र्वाता गरेर उनको जीव रक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । 

आयोगले डा. गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमार्फत चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील भएर डा. केसीसँग नेपाल सरकारले विगतमा पटक-पटक गरेका सम्झौताप्रति गम्भीर बन्न आग्रह गरेको छ । आयोगले उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

साथै डा. केसीको जीवनरक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संंघलगायत विभिन्न संघसंस्थाले आयोगमा ज्ञापनपत्र पेस गरेकोप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

डा. केसी चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी ११ दिनदेखि आमरण अनशनमा छन् । 

 

 

ad
ad