१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ७ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ७ बुधबार o८:२४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हुन्डाईको नयाँ क्रेटा बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ७ बुधबार o८:२४:oo

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको ‘नयाँ क्रेटा दी अल्टिमेट एसयुभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता आप्mना विभिन्न आधिकारिक डिजिटल प्लेटफर्मबाट वेबकास्ट गरी यो गाडी सार्वजनिक गरेको हो । 

कम्पनीका महाप्रबन्धक रूपेश शर्मा भट्टले वर्षौँदेखि हुन्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा ५ हजारभन्दा अधिक नेपाली प्रयोगकर्ताका माझमा विशेष पहिचान बनाउन सफल भएको बताए । उनले भने, ‘अब क्रेटाले फेरि नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा दी अल्टिमेट एसयुभीले ग्राहकबीच आकर्षण बढाउनुका साथै नयाँ युगका प्रयोगकर्ताको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौँ ।’

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाको डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै सुरक्षाप्रतिको भरोसालाई निरन्तरता दिन र नयाँ स्तर कायम गर्न एसयुभी सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको कम्पनीले जनाएको छ । 

विशेषता
गाडीको अगाडिको भागमा तीन डाइमेन्सनल क्यासकेडिङ ग्रिलमा ठाडो र तेर्सो आकार र स्कल्प्टेड बम्परको साथमा स्किड प्लेट लगाइएको छ । यसको बुमराङ आकारको एलइडी डिआरएल्ससहितको एलइडी हेड ल्याम्प र स्मार्ट रूपमा जोडिएको फग ल्याम्पले एसयुभीलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको कम्पनीको दाबी छ । नयाँ क्रेटामा अल न्यू टू टोन कालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ सेमिको एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले र्‍याप गरिएको स्टेरिङका साथै माउन्टेन कन्ट्रोल, अटो हेल्दी एयर प्युरिफायरलगायतको सुविधा रहेको जनाइएको छ । 

सुरक्षाका लागि स्टङ बडी स्ट्रक्चरसँगै एएचएसएसका साथै फ्रन्ट डुअल एयरब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलका साथै रेयर पार्किङ सेन्सर र क्यामेरा रहेको जनाइएको छ । 

यो गाडी १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध रहेको जनाइएको छ । ६ स्पिडको ट्रान्समिसनबाहेक अप्सनल रूपमा १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ पेट्रोल मोटरका लागि आइभिटी आटोमेटिक रहेको जनाइएको छ । नयाँ जेनेरेसनको क्रेटा कुल ६ भेरियन्टहरूमा उपलब्ध रहेको र मूल्य ४३ लाख ९६ हजार रुपैयाँदेखि ६५ लाख ९६ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।