१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ५ सोमबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला आउन अब पिसिआर रिपाेर्ट अनिवार्य

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १३:०९:००

हुम्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला आउन अब पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लाबाहिरका कुनै पनि स्थानबाट आउनुपरेमा पिसिआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने निर्णय गरेको हो ।

शनिबार नेपालगन्जबाट सिमकोट हुँदै सर्केगाड गाउँपालिका पुगेकी २१ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको केन्द्रका अध्यक्षसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए ।

हमालले नयाँ पत्रिकासँग भने, ‘लामो समय ‘ग्रिनजोन’का रूपमा रहेको हुम्लामा कोरोना संक्रमितको जोखिम बढेकाले अब जिल्लामा आउन पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने व्यवस्था गरिएको छ ।’ 

साथै बैठकले क्याप्टेनको पिसिआर रिपोर्ट नभएसम्म हेलिकोप्टरलाई उडान भर्न नदिने निर्णय गरेको जनस्वास्थ्य कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए ।