मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज ३ शनिबार १३:२१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा अब नयाँ प्रयोगकर्ताले टिकटक र विच्याट चलाउन नपाउने

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार १३:२१:००

अमेरिकी सरकारले विच्याट र छोटा भिडियो सेयरिङ मोबाइल एप्स टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध भोलि आइतबारबाट लागू हुनेछ । प्रतिबन्धसँगै अब अमेरिकामा नयाँ प्रयोगकर्ताले विच्याट र टिकटक डाउनलोड गर्न सक्दैनन् । 

हाल प्रयोग गर्दै आएका टिकटक प्रयोगकर्ताले पनि केही परिवर्तनको अनुभूति गर्नेछन् । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीका अनुसार विच्याटलाई पूर्ण प्रतिबन्ध लगाए पनि टिकटकलाई भने १२ नोभेम्बरसम्म मात्रै प्रतिबन्ध लगाइएको छ । यो समयसम्ममा टिकटक सञ्चालक चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकी सरकारले तोकेको निश्चित सुरक्षाजन्य विधि लागू गरेमा चलाउन सक्नेछ । अमेरिकी वाणिज्य सचिव विल्वर रोजका अनुसार १२ नोभेम्बरसम्म सहमतिमा नआए टिकटक पनि पूर्ण बन्द गरिनेछ । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ । यसले अमेरिकी नियम तथा कानुनहरूको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरूका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरूलाई प्रवर्द्धन गर्नेछ ।’