मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ३१ बुधबार १३:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मनाङमा स्थानीयवासीमा पहिलोपटक कोरोना संक्रमण देखियो

Read Time : < 1 मिनेट
२०७७ भदौ ३१ बुधबार १३:११:००

हिमाली जिल्ला मनाङमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । 

मंगलबार एकजना स्थानीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । 

कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएकामध्ये नासोँ गाउँपालिकाकी २३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । २६ भदौमा स्वाब संकलन गरी पठाइएको महिलाको मंगलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको कार्यालयले जनाएको छ । 

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीनाथ आचार्यका अनुसार ती महिला एक साता अघि बेसीसहरबाट मनाङ फर्किएकी थिइन् ।

उनलाई नासोँ गाउँपालिकाले धारापानीमा निर्माण गरेको आइसोलेसनमा राखिएको छ । यसअघि ६ जना पुरुषमा संक्रमण देखिएकोमा सबै मनाङभन्दा बाहिरी जिल्लाका हुन् । 

मनाङमा कुल संक्रमितको संख्या सात पुगेको छ । पाँचजना पुरुष कोरोनालाई जितेर घर फर्किसकेका छन् । 
हाल आइसोलेसमा दुईजना छन् । 

महिलासँग सम्पर्कमा रहेकाहरूको पनि स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

मनाङमा हालसम्म दुई सय २८ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएकोमा सातजनाको पोजेटिभ र दुई सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।