१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाकाे ब्यारेकमा ९० बेडको आइसोलेसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४४:oo

मकवानपुरमा नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० बेडको आइसोलेसन तयार पारिने भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा सोमबार बिहान बसेको बैठकले कोरोना संक्रमणपछि लक्षण देखिएका संक्रमितलाई राखेर तत्काल उपचार सेवा प्रदान गर्न सेनाका विभिन्न ब्यारेकमा ९० बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

संक्रमण बढ्दो र निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझ बढी सचेतना अपनाउनुपर्ने निचोडका साथ सेनाको ब्यारेकमा आइसोलेसन स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । 

नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेसन कक्षमा संक्रमण पुष्टि भएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा दिने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकताअनुसार चितवन वा वीरगन्जको कोभिड अस्पताल पठाउने बैठकले निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । 

बैठकले मध्यपृतना हेडक्वार्टर सुपारेटार, दलगण चित्लाङ, नम्बर एक जगदल गण सुनाचुरी, काली इन्जिनियरिङ दल गण भैँसे, पुरानो गोरख गण सुपारेटार, नम्बर तीन कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ । 

बैठकले जिल्लाका विभिन्न स्थानमा असोजको पहिलो सातादेखि सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी संघलाई अनुरोध गरेको छ ।