बैंक अफ काठमाण्डू लिमिटेडले घरायसी विद्युतीय उपकरण किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।
चाडपर्वलाई लक्षित गरी सिजी, गोदरेज, टिसिएल, सेन्सेई, एलिका, केउट तथा ब्ल्याक एन्ड डेकोर ब्रान्डका घरायसी विद्युतीय उपकरण किस्ताबन्दीमा खरिद गर्न सकिने योजना ल्याएको हो ।
योजनाअन्तर्गत बैंकको क्रेडिट कार्डबाहक ग्राहकले टिभी, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसिन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिस वासर, स्टाइलर, वाटर प्युरिफायर सिस्टम, चिम्नी तथा किचन अप्लाइन्सेस किस्ताबन्दीमा खरिद गर्न सक्ने जनाइएको छ ।
बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतीय उपकरण खरिद गर्दा ग्राहकलाई कुनै पनि ब्याज नलाग्ने बैंकले जनाएको छ ।
बैंक र सिजी डिजिटल प्रालिबीच भएको सम्झौताअनुसार सिजी तथा एलजीका विभिन्न स्थानका सोरुमबाट यो सुविधा लिन सकिने जनाइएको छ ।