काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । गत १५ भदौमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मेयर शाक्यको आइतबार नेगेटिभ रिपोर्ट आएको छ ।
केही दिन घरैमा आराम गर्ने र पुनः नियमित काममा फर्किने सचिवालयले जनाएको छ । श्रीमती बिरामी भएपछि कोरोना परीक्षण गराउन गएका शाक्यलाई संक्रमण देखिए पनि उनकी श्रीमतीलाई भने संक्रमण देखिएको थिएन ।