मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २३ मंगलबार २१:१२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश ५ का साढे दुई सयभन्दा बढी सुरक्षाकर्मीमा कोरोना

Read Time : < 1 मिनेट
२०७७ भदौ २३ मंगलबार २१:१२:००

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७३ सय नाग्दा अग्रभागमा खटिने सुरक्षाकर्मीसहित स्वास्थ्यकर्मीहरू संक्रमित हुने क्रम बढ्दै गएको छ । प्रदेशमा हालसम्म दुई सय ५८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार संक्रमित हुने स्वस्थ्यकर्मीहरूको संख्या पनि बढ्दो छ । यहाँ एक सय ९० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । एक सय १५ जना अन्य सरकारी कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार प्रदेशमा मंगलबारसम्ममा सात हजार तीन सय १२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार मंगलबार मात्रै पनि २० महिला र ४१ पुरुषमा कोरोना देखिएको छ । 

प्रदेशका तीन जिल्लामा एक हजारभन्दा पनि बढी संक्रमित भएका छन् । साथै संक्रमितमध्ये एक हजार सात सय सातजना उपचारमा रहेका छन् भने ४२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार निको हुनेको संख्या पाँच हजार पाँच सय छ ।  प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा संक्रमित भेटिएका छन् । रुपन्देहीमा संक्रमितको संख्या एक हजार तीन सय ४८ पुगेको छ । 

प्रदेशमा सबैभन्दा धेरैै रुपन्देहीमा एक हजार तीन सय ४८ जना रहेका छन् । मन्त्रालयका अनुसार बाँकेमा एक हजार दुई सय ७५, कपिलवस्तुमा एक हजार एक सय ६७ जना संक्रमित रहेका छन् ।