Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १९ शुक्रबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावमा पराजित भएकालाई राष्ट्रिय सभामा लैजान लागेकोप्रति साझा पार्टीको विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १९ शुक्रबार १३:४७:००

कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिप्रति सरकार उदासीन बनेको साझा पार्टीले ठहर गरेको छ । 

पार्टीले विज्ञप्ति निकाली कोरोना संक्रमणपछि उत्पन्न परिस्थितिबाट अप्ठ्यारोमा परेका नागरिकहरूको समस्या समाधान गर्नेभन्दा चुनावमा पराजित भएकाहरूलाई राष्ट्रिय सभामा लैजान लागेकोप्रति साझा पार्टीले विरोध जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘कैयौँ नागरिक खान नपाएर मर्दै छन्, बिरामीहरू अस्पताल नपाएर मर्दै छन् । कोरोना संक्रमणले दिनप्रतिदिन भयावह रूप लिँदै छ । यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्तिसंघर्ष, राजनीतिक षड्यन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त छ ।’

साझा पार्टीले विपत्तिमा जनतालाई राहत प्रदान नगर्ने हो भने सरकार केका लागि हो ? भन्दै प्रश्न पनि गरेको छ ।