Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २० मंगलबार ०९:१२:००
कोरोना अपडेट डिजिटल संस्करण

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण २० मंगलबार ०९:१२:००

बाराका दुईजनासहित पर्सामा सोमबार राति थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ६ महिला र २८ पुरुषमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

सोमबार राति थपिएका संक्रमितहरु १४ देखि ५६ वर्ष उमेर समूहका रहेको उपाध्यायले बताए । उनका अनुसार ३४ जनामध्ये आफैँले पैसा तिरेर परीक्षण गराएका, मासटेस्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू छन् ।  

३४ जना संक्रमितमध्ये २६ जना वीरगन्ज महानगरपालिकाका हुन् भने बाराका दुईजना  छन् । यस्तै जिराभवानी गाउँपालिकाका एकजना र  पोखरिया नगरपालिकाका तीनजनामा पनि काेराेना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज बस्दै आएका सर्लाही र सुर्खेतका एक–एकजनामा पनि संक्रमण देखिएकाे छ । यसअघि सोमबार बिहान पर्सामा ४५ जनामा संक्रमण पुष्टि भएको थियो ।