Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
बिष्णु शर्मा
२०७७ श्रावण ८ बिहीबार १३:४९:००
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना कहर : दैलेखको ठाँटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी

बिष्णु शर्मा
२०७७ श्रावण ८ बिहीबार १३:४९:००

दैलेखको ठाँटीकाँध गाउँपालिकामा समुदायका १६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि थप समुदायमा फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ ।

बुधबार मात्रै ठाँटीकाँध गाउँपालिकाभित्रका ७३ जनाको स्वाब संकलन गरिएकोमध्ये समुदायका १६ जनामा कोरोना संक्रमण देखिएपछि कोरोना रोकथाम विपत् व्यवस्थापन समिति दैलेखले निषेधाज्ञा जारी गरेको हो । 

सरकारले लकडाउन खुला गरेको भए पनि दैलेखका सबै पालिकाहरूमा समुदायसम्म कोरोना फैलिएको छ वा छैन भन्दै परीक्षणलाई तीव्र पारिएको छ । 

बिहीबार मध्यान्न १२ बजेदेखि लागू हुने गरी ठाँटीकाँध गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गरिएको छ । 

पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेख, दक्षिणमा खामपाटे मटेलाभित्र कुनै पनि भेला, जमघट, नगर्न र आवतजावत नगर्न–नगराउन भन्दै निषेधाज्ञा जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले आमनागरिकहरूलाई सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने र आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन सबै जिल्लाका नागरिकहरूलाई आग्रह गरेको छ । 

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तका अनुसार समुदायमा कोरोना छ कि छैन ? भनेर परीक्षणको दायरा बढाइएको र परीक्षणकै क्रममा ठाँटीकाँधमा १६ जना समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएपछि सतर्कताबढाइएको बताए । 

स्वास्थ्यकर्मीको टोलीसमेत गाउँपालिकामा पठाइएको छ । 

दैलेखको नारायण नगरपालिकामा पनि ९६ जनामा कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ । 

६ जनाको पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा पुनः ५० जना अन्य व्यक्तिहरूको जाँच तीव्र पारिएको छ । 

कृषि विकास कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालयका सबै कर्मचारीको स्वाब संकलन गरेर परीक्षण गरिएको छ ।

कर्णालीमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको दैलेखमा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ ।