• वि.सं २०७६ चैत २२ शनिबार
  • वि.सं २०७६ चैत २२ शनिबार
  • Saturday, 04 April, 2020
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७६ पौष २१ सोमबार १७:२८:००
समाचार

अब छाउगोठमा बस्ने महिलालाई पनि कारबाही हुने

२०७६ पौष २१ सोमबार १७:२८:००

संसदको महिला तथा सामाजिक समितिले छाउपडी मान्ने अभिभावक र छाउगोठमा बस्ने महिलालाई समेत कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको सोमबार बसेको बैठकमा समिति सभापति निरुदेवी पालले संस्कारका नाममा गलत व्यवहार गर्न कसैलाई छुट नभएको बताइन् । उनले यो प्रचलन रहेको घरका अभिभावक र छाउगोठमा बस्ने महिलालाई समेत अनिवार्य रुपमा कानुनी कारबाहीको दायरामा ल्याउन र कडा कारबाहीको व्यवस्था मिलाउन गृह मन्त्रालयको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएकी हुन् । 

समितिले कानुनले निषेध गरिसकेको कुरिती प्रचलनमा रहनु र सोही अभ्यासको कारण मानवीय जीवनको क्षति हुनु निकै गम्भीर र दुःखदायी भएको भन्दै मानवीय जीवनमाथि खेलवाड गर्ने यस्ता कुसंस्कारलाई उन्मुलन गर्न राज्य जति निर्मम हुनु परेपनि यो प्रचलन अनिवार्य रुपमा रोक्न गृह मन्त्रालयलाई गम्भिरताका साथ लाग्न निर्देशन दिएको छ । यसैगरी, छाउपडी उन्मुलनका लागि १८ देखि २१ माघ २०७५ मा भएको स्थलगत अध्ययन गरी अल्पकालीन र दिर्घकालीन सुझावसहितको प्रतिवेदन कार्यान्वयनको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई भनेपनि त्यो व्यवहारमा कार्यान्वयन नभएकाले प्रतिवेदनको कार्यान्वयन गर्न भनेको छ ।

समितिको बैठकमा अधिकांश सांसदहरुले मर्या्दित महिनावारीबारे प्रभावकारी रुपमा जनचेतना फैलाउन पर्ने बताए ।