सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
तीर्थराज बस्नेत काठमाडाैं
२०७६ असोज १२ आइतबार १८:३९:००
समाचार

मेलम्ची खानेपानी आयोजनाकाे सुरूङ निर्माणमा नयाँ ठेक्का सम्झौता

तीर्थराज बस्नेत काठमाडाैं
२०७६ असोज १२ आइतबार १८:३९:००

मेलम्ची खानेपानी आयोजनाको सुरूङ अन्त्यका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको छ । आइतबार मेलम्ची विकास समिति र सिनो हाइड्रोबीच सुरूङ सक्ने विषयमा ठेक्का सम्झौता भएको हो । 

१२ महिनामा सुरूङको काम सक्ने गरी सम्झौता भएको छ । गत मंसिर २९ गते इटालियन कम्पनी सिएमसीले आयोजनाको काम छोडेको १० महिनापछि आयोजनाको ठेक्का लागेको हो । सिनो हाइड्रोले सुरूङकाे काम सक्नका लागि करिब ५ करोड २ लाख रुपैयाँमा ठेक्का लिएको आयोजना प्रमुख तिरेसप्रसाद खत्रीले जानकारी दिए ।