Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक १० सोमबार
  • Monday, 26 October, 2020
ad
२०७६ भदौ १९ बिहीबार ०७:०८:००
अर्थ

विषादी परीक्षणविना ठूलो परिमाणमा तरकारी ल्याउन कडाइ 

२०७६ भदौ १९ बिहीबार ०७:०८:००

सीमानाकाबाट विषादी चेकजाँच नगरी ठूलो परिमाणमा कृषिजन्य सामग्री आयातमा प्रहरीले कडाइ गर्न थालेको छ । जोगबनी नाका हुँदै भारतीय बजारहरूबाट नेपाल भित्र्याइने कृषिजन्य सामग्री (तरकारी) मा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएपछि मोरङ प्रहरीले ठूलो परिणामको आयातमा कडाइ गर्न थालेको हो । 

मंगलबार भन्सार शुल्क तिरेर विराटनगर आयात गरिएको ६ सय केजी तरकारी इलाका प्रहरी रानीले रोडशेषचोकबाट नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको छ । चेकजाँचका क्रममा भन्सार शुल्क बुझाए पनि विषादी परीक्षण नगरेको पाइएपछि प्रहरीले तरकारी नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाएको जनाएको छ । उपभोगका लागि ल्याउने साना परिमाणका लागि तरकारीहरू ल्याउन बाधा नगरे पनि व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा ल्याउने तरकारीहरू भने विनाविषादी परीक्षण आयात गर्न नदिन चेकजाँचमा कडाइ गरेको प्रहरीको भनाइ छ । 

रिक्सा, ठेला, बयलगाडा र साना सवारीसाधनमा आयात हुने तरकारी विराटनगर भन्सारले राजस्व शुल्क लिएर विषादी परीक्षणविनै छाडिदिने गरेको छ । तरकारीको विषादी परीक्षणका लागि विराटनगर भन्सारले झापाको बिर्तामोड पठाउने गरेको छ । एक नम्बर प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको विषादी जाँच अन्वेषणशालालाई भन्सारले अझै पनि मान्यता दिएको छैन ।