Skip This
बर्दियामा सामुदायिक वन दिवसमा: संरक्षणदेखि काठदाउराको मूल्यसम्म बहस
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026
२o८३ श्रावण २५ सोमबार २१:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा सामुदायिक वन दिवसमा: संरक्षणदेखि काठदाउराको मूल्यसम्म बहस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार २१:२२:oo

बर्दियामा सामुदायिक वन दिवस मनाइएको छ। सामुदायिक वन दिवसको अवसरमा अन्तर्क्रिया, वक्तृत्वकला प्रतियोगिता र वृक्षारोपण गरेर मनाइएको हो।

सामुदायिक वन उपभोक्ता महासंघ बर्दिया शाखाको आयोजनामा ठाकुरबाबा नगरपालिका, ५ मा रहेको चन्दरपुर सामुदायिक वनको भवनमा मधुवन र ठाकुरबाबा नगरपालिकाका उपभोक्ताको बिचमा अन्तर्क्रिया त्यसैगरी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ भन बढैयाताल गाउँपालिका- ३ मानझुन्डीमा रहेको सामुदायिक वनको प्रांगणमा वृक्षारोपण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ बर्दिया शाखाका कोषाध्यक्ष रामेश्वर रिमालले जानकारी दिए।

विद्यार्थीहरूलाई वन तथा जैविक विविधता संरक्षणको महत्वबारे जानकारी गराउने उद्देश्यले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको संवर्द्धन परियोजनाका पैरवी अधिकृत जयन जोशीले बताए।

वक्तृत्वकला प्रतियोगितामा मधुवन नगरपालिका-  १  सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालयकी पार्वती आचार्य प्रथम, मधुवन नगरपालिका- ३ धनौरामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयकी सुस्मिता परिवार द्वितीय र  ठाकुरबाबा  नगरपालिका- ९ का ठाकुरद्वारामा रहेको नेपाल राष्ट्रिय विद्यालयकी प्रिन्सा अधिकारी तृतीय भएको  परियोजनाका पैरवी अधिकृत जोशीले जानकारी दिए ।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ बर्दिया शाखाका अध्यक्ष गोपालप्रसाद थारूले वन जोगाएर जैविक विविधताको संरक्षण गर्नका उपभोक्ताहरूको महत्वपूर्ण योगदान भएको बताए । उनले भने, 'सामुदायिक वनको संरक्षणका सामुदायिक वनका प्रत्येक उपभोक्ताको भूमिका छ। सामुदायिक वनको संरक्षण र विस्तारको काम रातारात भएको होइन। त्यसका उपभोक्ताहरूको योगदान महत्वपूर्ण छ। सामुदायिक वनमा उपभोक्ता समिति नहुने हो भने वन जोगाउन कठिन  हुन सक्छ।'

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल संघीय न्यायिक समिति सदस्य राधिका बोहराले सामुदायिक वन उपभोक्ताले जोगाएको भए पनि अहिले वनबाट प्राप्त हुने काठ दाउरा उपभोक्ताले महँगो मूल्यमा किन्न बाध्य रहेको बताइन्। उनले  भनिन् , 'सामुदायिक वनबाट उत्पादन भएको वन पैदावर महँगो भएको कारण उपभोक्ताले किन्न नसक्ने अवस्था छ। अहिले उपभोक्ताहरूको भन्दा पनि वनबाट प्राप्त हुने काठ दाउरा व्यापारीको पहुँचमा छ। महँगो मूल्यमा उपभोक्ताहरूले काठ दाउरा किन्न नसक्दा उपभोक्ताहरू मारमा छन् ।'

संवर्र्धन परियोजना फेकोफनका फिल्ड सहजकर्ता लोकराज परियारले सामुदायिक वन उपभोक्ता महासंघ बर्दिया शाखाको आयोजना र  संवर्द्धन परियोजनाको समन्वय र सहकार्य कार्यक्रम गरिएको जानकारी दिए। उनले भने, 'अन्तर्क्रिया कार्यक्रम सबै सामुदायिक वनको प्रतिनिधित्व हुने गरेर सहभागीहरूको सहभागी रहेको छ।'