Skip This
सप्तरीबाट ३०२ किलो गाँजा बरामद, एकजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २५ सोमबार
  • Tuesday, 11 August, 2026
सौरभ यादव राजविराज
२o८३ श्रावण २५ सोमबार १९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीबाट ३०२ किलो गाँजा बरामद, एकजना पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८३ श्रावण २५ सोमबार १९:१९:oo

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियाबाट ३०२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले १२ वटा बोरामा राखिएको उक्त गाँजासहित हनुमाननगर कंकालिनी–७, मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई पक्राउ गरेको हो।

बरामद गरिएको गाँजा मुखियाको रहेको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए। मुखियामाथि सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए।

यसअघि साउन २२ गते राति राजगढ गाउँपालिका–१ स्थित नहर छेउबाट १९० किलो गाँजा र साउन ६ गते राति हनुमाननगर–रामपुरा मल्हनियाँ हुँदै ३ वटा गाडीमा भारततर्फ लैजाँदै गरिएको ३३ क्विन्टल ३२ किलो गाँजा बरामद भएको थियो।