मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
२o८३ श्रावण १५ शुक्रबार २o:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा मन्त्रालय बाँडफाँटको गृहकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार २o:३९:oo

लुम्बिनी प्रदेशमा नयाँ सत्तासमीकरण बनेसँगै मन्त्रालय बाँडफाँट र सरकारमा सहभागी दलहरूको जिम्मेवारी टुंग्याउन छलफल तीव्र पारिएको छ।

तत्कालका लागि मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई निरन्तरता दिने नेकपा (एमाले) अध्यक्ष केपी ओलीको निर्देशनपछि आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारीका विषयमा छलफल सुरु गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार विभिन्न दलका नेताहरूसँग छलफल भएको छ। छलफलमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजित थारू, पूर्वमन्त्री दीपेन्द्र पुन सहभागी थिए।

यस्तै, नेकपा (एमाले)का तर्फबाट कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर सहभागी भएका थिए।

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नाै मन्त्रालय कायम गरिएको छ। नयाँ मन्त्रालय संरचनाअनुसार सरकारमा सहभागी दलहरूलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

सरकारमा सहभागी दलहरूबिच कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल भइरहेको छ। हाल लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्रीसहित पाँचजना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईजना मन्त्री छन्।

नयाँ सत्तासमीकरणमा एमाले, नेकपा र जसपा नेपालसहितका दललाई समेट्ने तयारी गरिएको छ। नेकपालाई अर्थसहितका मन्त्रालय दिने गरी छलफल अघि बढाइएको छ।

छलफलमा सहभागी मन्त्री तुलसीप्रसाद चौधरीले छलफल जारी रहेको र एक–दुई दिनभित्रै टुंगोमा पुगिने बताए। अन्य दलहरूको समेत समर्थन जुटाउने गरी छलफल भइरहेको उनको भनाइ छ।

यता, एमालेभित्र भने संघीयताको मर्मविपरीत अध्यक्ष ओलीको निर्देशनमा आचार्यलाई निरन्तरता दिइएको भन्दै असन्तुष्टि बढेको छ।

लुम्बिनी प्रदेशसभा हाल ८३ सदस्यीय छ। प्रतिनिधिसभामा निर्वाचित भएपछि चार प्रदेश सभा सदस्यले राजीनामा दिएपछि सदस्य संख्या ८७ बाट घटेर ८३ पुगेको हो। सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ।

हाल लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नेकपाका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार, जसपा नेपालकातीन, जनमत पार्टीका तीन, जसपाका दुई, राष्ट्रिय जनमोर्चाका एक र एकजना स्वतन्त्र सदस्य रहेका छन्।