मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १३ बुधबार
  • Thursday, 30 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १३ बुधबार २१:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

इन्जिनियरको ६ लाख घुसमा लेखा अधिकृत पनि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १३ बुधबार २१:२८:oo

६ लाख घुससहित पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान गर्नेक्रममा लेखा अधिकृत पनि पक्राउ परेका छन् । गत ३१ असारमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्का ६ लाख घुससहित पक्राउ परेका थिए।

पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारको दाबी छ। झापाको दमक नगरपालिका– १ स्थित खाजाघरबाट उनलाई आयोगले पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा सो गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराईको समेत मिलेमतो देखिएपछि अख्तियारले उनलाई पनि नियन्त्रणमा राखेको छ।