प्रहरी प्रधान कार्यालयले पर्साको एसपी सरुवा गरेको छ। हाल कार्यरत रहेका सुदीप पाठकलाई हटाएर पवनकुमार भट्टराईलाई खटाइको छ। भट्टराई जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए।
त्यस्तै, एसपी दानबहादुर थापालाई काठमाडौं परिसरमा खटाइएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनापछि एसपीको सरुवा भएको हो।