मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ३ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण ३ आइतबार २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिप सिकेर विदेश जाने नेपाली श्रमिकको संख्या बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण ३ आइतबार २o:५२:oo

पछिल्लो समय वैदेशिक रोजगारीमा जानुअघि सिप सिक्ने नेपाली श्रमिकको संख्या बढ्दै गएको छ। दक्ष जनशक्तिको माग बढेसँगै सिपयुक्त श्रमिक बिदेसिने क्रम उल्लेख्य बनेको हो।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा विभिन्न देशमा रोजगारीका लागि जानेमध्ये सबैभन्दा ठुलो संख्या दक्ष श्रमिकको रहेको छ। गत आवमा ४ लाख ८२ हजार ६४३ जना दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै, सो अवधिमा १ लाख ९० हजार २६४ जना अदक्ष श्रमिक र १ लाख १४ हजार ६१४ जना अर्धदक्ष श्रमिक बिदेसिएका छन्।

विभागको तथ्यांकअनुसार निश्चित पेसागत क्षमता भएका ३ हजार ५७० जना र उच्च दक्षता भएका १ हजार ९६ जना जनशक्ति पनि रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्।

वैदेशिक रोजगारीमा दक्ष श्रमिकको संख्या बढ्नुले श्रम बजारमा सिपयुक्त जनशक्तिको माग बढ्दै गएको देखाएको छ। सिपसहित विदेश जाने श्रमिकले तुलनात्मक रूपमा राम्रो आम्दानी र रोजगारीका अवसर पाउने अपेक्षा गरिन्छ।