Skip This
जिडब्ल्युएम ओरा ५ ले लन्डनमा जित्यो ‘डिजाइन अफ द इयर’ अवार्ड
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असार १७ बुधबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असार १७ बुधबार १९:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जिडब्ल्युएम ओरा ५ ले लन्डनमा जित्यो ‘डिजाइन अफ द इयर’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असार १७ बुधबार १९:५६:oo

जिडब्ल्युएमको नयाँ विद्युतीय एसयुभी ओरा ५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्डसअन्तर्गत प्रोडक्ट डिजाइन– अटोमोबाइल्स–भेहिकल्स विधामा ‘डिजाइन अफ दी इयर’ उपाधि जित्दै आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टतालाई प्रमाणित गरेको छ।

यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र होइन, अत्याधुनिक प्रविधि, प्रयोगकर्ताकेन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको कम्पनीको दाबी छ।

‘प्राकृतिक सौन्दर्य’को अवधारणामा आधारित ओरा ५ ले ‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने मूल सोचलाई आत्मसात् गर्दै जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ।

यसमा कफी पाइलट अल्ट्रा बुद्धिमान ड्राइभिङ प्रणाली, कफी ओएस ३ स्मार्ट ककपिट, बलियो स्टिल संरचना, सातवटा एयरब्याग तथा अन्तर्राष्ट्रिय पाँचतारे एएनक्याप र पाँचतारे युरो एनक्याप सुरक्षा मूल्यांकन प्राप्त सुरक्षा प्रणाली समावेश गरिएको छ।

ओरा ५ ले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको यात्रा क्षमता, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली, ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, सेल्फ–हिलिङ पेन्ट, प्यानोरामिक मुनरुफ तथा प्रिमियम इन्टेरियरसहित आधुनिक र सुरक्षित विद्युतीय ड्राइभिङ अनुभव प्रदान गर्दछ। यसको विशेष प्रारम्भिक मूल्य ४६ लाख ९९ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ।

नेपालका लागि जिडब्ल्युएमका आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले विश्वस्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसमक्ष ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै निकट भविष्यमै HAVAL JOLION MAX इभी तथा HAVAL H7 समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।