२०७६ असार २७ शुक्रबार १४:४२:००
नयाँ पत्रिका

सिन्धुलीमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

सिन्धुलीमा पहिरो जाँदा शुक्रबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका १ स्थित महादेव डाँडामा पहिरो जाँदा हेमकुमारी सुनुवारको मृत्यु भएको हो । मृतक महिलाको उमेर खुल्न सकेको छैन । 

त्यसै गरी जिल्लाको गोलन्जर गाउँपालिका २ मा शुक्रबार दिउँसो चट्याङ लाग्दा स्थानीय ४० वर्षीया निर्मला कार्की घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।