अछाम क्षेत्र नम्बर १ मा नेकपाका भीम रावल झिनो मतान्तरले पराजित भएका छन्। कांग्रेसका भरतबहादुर स्वारसँग उनी ५२६ मतले पराजित भएका हुन्।
निर्वाचन आयोगका अनुसार स्वारले १० हजार ७२६ मत पाउँदा रावलले १० हजार २३३ मत पाए। यहाँ एमालेका दीपक साउद ७३८९ मतसहित तेस्रो भए।
