मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ मङ्सिर १४ आइतबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ मङ्सिर १४ आइतबार १८:२o:oo
Read Time : < 1 मिनेट
अर्थ

आयल निगमका उपनिर्देशक प्रदीप यादवलाई इआरपी परियोजनाकाे जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ मङ्सिर १४ आइतबार १८:२o:oo

आयल निगमले सञ्चालन गर्दै आएको इन्टरप्राजेज रिसोर्स प्लानिङ (इआरपी) परियोजनाको संयोजकमा उपनिर्देशक प्रदिप यादवलाई जिम्मेवारी दिइएको छ । यसअघिका परियोजना प्रमुख राजन नेपालले स्वास्थ्यका कारण राजिनामा दिएकाले यादवलाई नयाँ जिम्मेवारी दिएको निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए । 

आर्थिक कारोबार र प्रशासनिक गतिविधिलाई डिजिटलाइजेसन गर्न निगमले पाँच वर्षअघिबाट सञ्चालन गर्दै आएको इआरपी सफ्टवेयरमा बारम्बार समस्या देखिँदै आएको छ ।

आइतबार मात्रै बार्षिक शुल्क भुक्तानीमा बिलम्ब गरेका कारण प्रणाली नै बन्द भएको थियो । त्यसपछि सिंगापुरस्थित कम्पनीका प्रतिधिसँग एक साताको समय लिएर सफ्टवेयर सञ्चालनमा ल्याइएको छ । परियोजना प्रमुख यादवले एक सातामै भुक्तानीसम्बन्धी विवाद मिलाउने बताए । 

आगामी दिनमा समस्या आउनै नदिने गरी इआरपी सिस्टम सञ्चालनका लागि केही योजनासमेत बनाएको परियोजना प्रमुख यादवले बताए । ‘अहिलेसम्म एउटा सफ्टवेयरबाट मात्र काम भइरहेको छ । जसकारण उक्त सफ्टवेयर मर्मत गर्नुप¥यो वा कुनै समस्या आयो भने प्रणाली नै अवरुद्ध हुने समस्या छ,’ यादवले भने, ‘आउँदा दिनमा दुई वटा सफ्टवेयरमार्फत काम गर्नेछौं । यसो गर्दा एउटा बिग्रियो भने पनि अर्कोले काम गर्छ र प्रणाली अवरुद्ध पनि हुँदैन ।’

टेण्डर प्रकृयाबाट नयाँ सफ्टवेयर खरिद गर्ने र हेटौंडास्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रले संचालन गरिरहेको डाटा सेन्टरमा राखेर काम गर्ने योजना रहेको उनले बताए । ‘एउटा सफ्टवेयर काठमाडौंस्थित केन्द्रीय कार्यालयमा र अर्काे हेटौंडामा राखेर पालैपालो सञ्चालन गर्छाै,’ उनले भने, ‘यसो गर्दा ब्याकअपमा पनि समस्या आउँदैन ।’

अहिले प्रत्येक वर्ष नबिकरण हुने गरी बार्षिक मर्मत सम्झौता भइरहेको र समयमा मर्मत तथा भुक्तानी नहुँदा प्रणाली अवरुद्ध हुने गरेको छ । त्यसैले अब पाँच वर्षका लागि बार्षिक मर्मत सम्झौता गर्नेगरी टेण्डर आह्वान हुन लागेको उनले बताए ।