मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार शाक्यलाई एमाले नेता बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ । 

समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका धम्की दिएको पत्रकार शाक्यले बताएका छन् । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार विहानदेखि बस्नेत र उनको समूहले फोन र म्यासेजमार्फत् धम्की दिएको थियो । 

बस्नेत स्वयं र उनका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमा जनाएको छ । घटनाबारे महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरिसकेको छ । ‘समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ । यो घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ । पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । ुसाथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ ।’ महासंघले भनेको छ।