मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘महादशा’मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

नेपाली चलचित्र ‘महादशा’ले आफ्ना मुख्य कलाकारको रूपमा उत्तम प्रधान र निरुता सिंहलाई भित्र्याएको छ।

पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतारचढाव आइरहेका वेला प्रधान र सिंहजस्ता स्थापित कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरेको निर्माण पक्षले जनाएको छ।

किरण नेपालीको निर्देशनमा तयार हुने चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। लेकाली इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगादे र हाकिम गुरुङलगायतको समेत अभिनय रहनेछ।

मनीष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमलादेवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता हुन्।