मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
न्युयोर्क
Invalid date format १o:४६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

इजरायलले ‘नरसंहार’ गरेको संयुक्त राष्ट्र संघको  अनुसन्धान निष्कर्ष

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
Invalid date format १o:४६:oo

संयुक्त राष्ट्र संघको एक अनुसन्धानले गाजामा इजरायलले युद्धका क्रममा नरसंहार मच्चाएको निष्कर्ष निकालेको छ । लगभग दुई वर्षदेखि इजरायलले गाजामाथि आक्रमण गरिरहेको छ ।

इजरायली नियन्त्रणमा रहेको सो प्यालेस्टिनी क्षेत्रबारे संयुक्त राष्ट्र संघको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगकी अध्यक्ष नाभी पिल्लेका अनुसार अनुसन्धानले ‘नरसंहारमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्वरक्षामन्त्री योभ ग्यालान्ट र राष्ट्रपति आइज्याक हर्जोगलगायत इजरायली नेता नै जिम्मेवार रहेको’ देखाउँछ ।

प्रतिवेदनअनुसार आयोगले इजरायली अधिकारीले सार्वजनिक रूपमा दिएका बयानसँगै ‘परिस्थितिगत प्रमाण’का आधारमा युद्धमा नरसंहारको मनसाय देखिएको निष्कर्ष निकालेका हुन् । आयोगले इजरायली अधिकारी र इजरायली सुरक्षा बलमाझ गाजापट्टीमा प्यालेस्टिनीलाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने नरसंहारकारी मनसाय रहेको प्रतिवेदनमा भनिएको छ । त्यस्तै, प्रतिवेदनले इजरायली सैनिकले ‘व्यापक विध्वंसात्मक हतियार’ प्रयोग गरेर गाजाका नागरिकलाई ‘जानाजान मारेको’ पाएको छ ।

इजरायलको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघीय अनुसन्धानको निष्कर्षलाई ‘झुटो’ भनेर आलोचना गरेको छ । समाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै मन्त्रालयले रिपोर्टका लेखकहरू ‘हमासको प्रतिनिधिको रूपमा काम गरेको’ आरोप लगाएको छ । ‘इजरायलले यो विकृत र गलत रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गर्छ । र, यस अनुसन्धान आयोगलाई तुरुन्तै खारेज गर्न आह्वान गर्छ,’ मन्त्रालयले पोस्टमा भनेको छ ।