मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री कार्की - मोदी टेलिफोन वार्ता, संविधान दिवसमा पहिलोपटक सार्वजनिक शुभकामना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज टेलिफोन वार्ता भएको छ। मोदीले शुक्रबार नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा पहिलोपटक सार्वजनिक रूपमा शुभकामना दिएका छन् । 

मोदीले हालै नेपालमा भएका जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फोनवार्ता न्यानो एवं सौहार्दपूर्ण भएको मोदीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।  प्रधानमन्त्री मोदीले भोलि (असोज ३) नेपालको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्की तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।