
जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रहरीको गोलीबाट ३९ जनाको मृत्यु भएको छ भने अन्यको जलेर, भागदौडमा, कारागारमा कुटाकुट हुँदा, लडेर र प्रदर्शनकारीको कुटपिट तथा खुकुरी प्रहारबाट मृत्यु भएको हाे ।
बुधबार मात्रै कोटेश्वरस्थित भाटभटेनीमा जलेको अवस्थामा थप एक शव फेला परेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदर्शनमा दुई हजार तीन सय घाइते भएकोमा २१० जना उपचाररत छन् । नौ घाइते आइसियूमा छन् ।