
जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न प्रहरी कार्यालयहरूबाट आन्दोलनकारीहरूले लुटेको हातहतियार सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन रामेछाप जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गरी केही दिनअघि देशमा उत्पन्न विषम अवस्थामा देशका विभिन्न प्रहरी कार्यालयहरूमा आगजनी गरी हातहतियार लुटी लगेको र उक्त हातहतियार कोही कसैले रामेछापमा लिई आएको भएमा तत्काल उक्त हातहतियार सम्बन्धित प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो ।
यदि प्रशासनको सूचनालाई अटेर गरी लुटेको हातहतियार नबुझाएको भेटिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी बताए ।