
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी कार्यालयमा ठुलो क्षति भएको उल्लेख गरेका छन् । मंगलबार पेरिसडाँडा पुगेर पार्टी कार्यालय अवलोकन गर्दै उनले ध्वस्त पार्टी कार्यालय दुई दिनमा सरसफाइ गरेकाे भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।
आगामी दिनमा आफ्नै बलबुता, पार्टीका कार्यकर्ता र देशविदेशमा रहेका नेपालीहरूको सहयोगमार्फत भव्य कार्यालय बनाउने उद्घोष गरे । कार्यक्रममा वर्षमान पुन, अग्नि सापकोटा, पम्फा भुसाललगायतका नेताहरू सहभागी थिए ।