मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन-जी आन्दोलन : पाँच दिनपछि गड्डाचौकी–बनबासा नाका सञ्चालन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

जेनजी आन्दोलनका कारण पाँच दिनदेखि बन्द रहेको पश्चिम नेपालको गड्डाचौकी बनबासा नाका संचालनमा आएको छ । सोमबारदेखि गड्डाचौकी बनबासा नाका पूर्ण रुपमा संचालनमा आएको हो । 

यस अघि उक्त नाकाबाट भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपालीलाई भारत र भारतीयलाई नेपालमा आउन दिएको थिएन । परिचय खुल्ने कागजात देखाएर भारतमा रहेका नेपालीलाई नेपाल आउन दिने र नेपालमा रहेका भारतीयलाई जान जान दिएको थियो । २५भदौँ बिहान ६देखि बन्द भएको उक्त नाका ३०भदौँ बिहान ६ बजेदेखि पूर्ण रुपमा संचालनमा आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले पाँचदिनदेखि बन्द रहेको गड्डाचौकी बनबासा नाका पूर्ण रुपमा संचालनमा आएको बताए । ‘सोमबार बिहानदेखि पहिलेकै अवस्थामा नाका संचालनमा आएको छ, ‘प्रवक्ता बोहराले भने, ‘आउजाउदेखि व्यवसायिक गतिबिधी भईरहेका छन ।’  

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख राजनबाबु काफ्लले आइतबारदेखि आनशिक नाका संचालनमा आएपछि सोमबारदेखि पूर्ण खुलेको बताए । ‘आइतबार उता भारतदेखि एकदुई ट्रकमा कृषिजन्य समाग्री आयात भयो, ‘उनले भने, ‘सोमबार बिहानैदेखि पुरै खुलेको छ, पाँचदिन देखि बन्दले एकै पटक धेरै समान आउँदा झण्डै ५०लाख भन्सार राजस्व संकलन भएको छ ।’ दैनिक २०देखि२५लाख सरदर भन्सार राजस्व संकलन हुँदै आएको कञ्चनपुर भन्सारमा नाका समेत बन्द हुँदा राजस्वमा समेत प्रभाव पर्दै आएको छ । नाका खुलेसंगै भारतमा रोजगारी गर्नेदेखि व्यवसायीहरुलाई सहज भएको छ ।